Sajhamanch Archive

छोराले चलाएको ट्याक्टर पल्टिँदा बाबुको मृत्यु

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

सप्तरी । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

खड्क नगरपालिका वडा नंं ६ चकुवामा तीन पांग्रे पावर ट्रिलर ट्याक्टर पल्टिँदा स्थानीय ७५ बर्षका गुदीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर उनको छोरा हरि चौधरीले चलाएका थिए । दुर्घटनामा घाइते भएका गुदीलाललाई उपचारका लागि सिरहातर्फ लैजाँदै गर्दा मृत्यु भएको हो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *