Sajhamanch Archive

स्वास्थ्यमन्त्री ढकालको कोरोना रिपोर्ट नेगेटिभ

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

उनको मंगलबार नै स्वाब संकलन गरी परीक्षण गरिएको थियो। प्रेस सल्लाहकार माधव तिवारीले मन्त्रीको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

यसअघि मन्त्री ढकालले भेट गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको हो।

‘उहाँसँग जम्काभेट भएको मानिसलाई कोरोना देखिएको रहेछ। त्यो भेट पनि धेरै बेर होइन’ स्वास्थ्य सचिव यादव कोइरालाले भने, ‘पछि ती व्यक्तिमा कोरोना देखिएपछि उहाँको स्वाब लिइएको थियो।

कहाँका संक्रमितसँग मन्त्री ढकाल सम्पर्कमा आएका थिए भन्नेबारे भने उनले खुलाएनन्। ‘भेट भएको पाँचदिन भयो, ती व्यक्तिलाई कोरोना देखिएपछि जाँचौं न भनेर जाँच्नुभएको हो,’ उनले भने। स्वास्थ्य मन्त्रालयमा काम गर्ने अन्य कर्मचारीको समेत कोरोना जाँचका लागि स्वाव संकलन गरिएको सल्लाहकार डाक्टर खेम कार्कीले बताए।

‘स्वास्थ्यसेवा विभागमा काम गर्ने एक जना डाक्टर कन्ट्याक ट्रेसिङको लागि कपिलवस्तुमा गएर आएपछि संक्रमित भएकाले कन्ट्याक ट्रेसिङको कार्यविधि अनुसार सबैको जाँच गर्नुपरेको हो,’ उनले भने।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *