Sajhamanch Archive

रुखले च्यापिएर दुई जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

हेटौंडा । मकवानपुरमा पानीसँगै आएको हावाहुरीले ढलेको रुखले च्यापिएर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राक्सिराङ्ग गाउँपालिका वडा नंं. ५ चैनपुरमा ५६ वर्षीय वीरमाया प्रजा र वडा नम्बर ३ का ६ वर्षीय आयुश मगर रहेका छन् ।

घरमा नजिकै बारीमा हिँड्दै गरेकी प्रजाको सिमलको रुखले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।

६ वर्षीय बालकको भने उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाइ छ । आयुशसँगै रुखमुनि बसेका ३ जना घाइते भएका थिए । घाइते भएका मानिकलाल बल र शम्भु सुनारको उपचार भइरहेको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *