Sajhamanch Archive

थप २१ जनाले जिते कोरोना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना निको हुनेको संख्या १७६ पुगेको छ।

मंगलबार थप २१ जना निको भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १७६ पुगेको हो । नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोना जितेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ४ महिलासहित २१ जनाले कोरोना जितेको बताए । उनीहरु सबै वीरगन्ज महानगरपालिकाको रहेको र मंगलबार राति डिस्चार्ज गरिएको उनको भनाइ छ । हालसम्म नेपालमा ७७२ जनामा कोरोना पुष्टि भएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *