Sajhamanch Archive

जोगबनी नाका हुँदै विराटनगर भित्रिए ३०४ नेपाली

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

काठमाडौं । मोरङको विराटनगरमा भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु भित्रिएका छन् । उनीहरुलाई गएराति उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ ।

भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलको होल्डिङ स्टेसनमा राखिएको छ ।

३०४ जनामध्ये २३ जना सुनसरीका थिए । उनीहरुलाई दुहबी नगरपालिका वडा नं.४ का वडा अध्यक्षले सुनसरीतर्फ लगेको मोरङ प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *