Sajhamanch Archive

सोती घटनामा हराएकाहरुको गोताखोरमार्फत खोजी सुरु

Published: in मिडियाबाट साभार, समाज by .

जाजरकोट । रुकुम पश्चिमको सोती घटनामा हराएकाहरुको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरेको छ ।

टोलीले बेपत्ताहरुलाई भेरी नदीमा बगाइएको हुन सक्ने शंकामा गोताखोरमार्फत खोजी सुरु भएको हो । घटनामा परेर बाँच्न सफल मृतकका साथीहरुको प्रारम्भिक बयान अनुसार हराएकाको खोजी कार्य सुरु भएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको सोती गाउँमा मल्ल थरकी युवतीलाई भगाउन जाजरकोटबाट गएका दलित युवाको टोलीलाई स्थानीयले कुटपिट गरी हत्या गरेका थिए । अहिलेसम्म भेरी नदीमा बगाएको अवस्थामा ३ जनाको शव भेटिएको छ भने अझै ३ जना हराइरहेका छन् ।

अन्तरजातीय विवाह गर्न लागेकै कारण यति ठूलो घटना भएको भन्दै छानबिन गरेर दोषीलाई कडा कारबाहीको लागि संसददेखि सडकबाट माग भइरहेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *