Sajhamanch Archive

ढिस्कोले पुरिएर श्रीमान श्रीमतीको मृत्यु,

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

जाजरकोट । स्वास्थ्य चौकीको भवन निर्माण गर्नका लागि बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ।

जाजरकोटको नलगाड नगरपालिका वडा नं. ९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटना स्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् ३५ वर्षीय एकराज सिंह उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान मृत्यु भएको स्थानीय नवराज सिंहले जानकारी दिए।

सिंह दम्पतीसहित खिरखिरेमा बालुवा निकालिरेहेका सोही गाउँका यज्ञबहादुर सिंह, कमला सिंह, तारा सिंह, तारा सिंह र लक्ष्मी सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा स्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *