Sajhamanch Archive

झापा गाउँपालिका ठेगाना उल्लेख गरिएका कोरोना संक्रमित भारतीय नागरिक

Published: in स्थानीय तह, स्वास्थ्य by .

झापा । झापा गाउँपालिकाको डिल्लीराज मावि क्वारेन्टिनमा कोरोना संक्रमण पुष्टि भएका पुरुष भारतीय नागरिक भएको खुलेको छ ।

३३ वर्षीय ती पुरुषमा जेठ १० गते कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

ती परुषको घर सीमावर्ती भारतको किसनगञ्ज जिल्लास्थित महामारी ग्राम पञ्चायतमा पर्छ । जेठ ४ गते उनलाई प्रहरीले उनी बसिरहेको ससुराली घरबाट डिल्लीराज मावि क्वारेन्टिनमा राखेको थियो ।

मुम्बईमा काम गर्दै आएका उनी अन्य दुई दाजुभाइसहित लुकीछिपी मकैबारी हुँदै नेपाल प्रवेश गरेका थिए । भारतबाट आएको थाहा पाएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

झापा गाउँपालिका वडा नम्बर ४ को पेस्कारी टोलमा उनी १५ वर्षदेखि बस्दै आएका छन् । पत्नीको नागरिकता भए पनि ती पुरुषको नभएको गाउँपालिका अध्यक्ष जयनारायण साहले पुष्टि गरे । उनी ज्वाइँ बनेर बसेको बुझिएको साहले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *