Sajhamanch Archive

औषधी उद्योगमा आगलागी

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

धादिङ । धादिङको औषधी उद्योग नोभा जेनेटिक प्राइभेट लिमिटेडमा आगलागी भएको छ।

बुधबार दिउँसो करिब १२ बजे धुनिबेंसी नगरपालिका वडा नंं.८ खानीखोलास्थित औषधी उद्योगमा आगलागी भएको हो।

स्यानिटाइजर बनाउन प्रयोग हुने स्प्रिट ट्यांकरबाट खनाउने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर रूकबहादुर खड्काले जानकारी दिए।

‘ट्याङ्करबाट स्प्रिट खनाउने क्रममा आगलागी भएको देखियो,’ इन्स्पेक्टर खड्काले भने,’करिब ३० देखि ४५ मिनेटसम्म आगलागी भएको थियो।’

आगलागी नियन्त्रण गर्न धुनिबेसी नगरपालिकाको एक दमकल प्रयोग भएको थियो। त्यस्तै आगलागी बढेपछि काठमाडौंबाट दुई दमकल धाडिङ पुगेका थिए।’धेरै नै क्षति भएको देखिएको छ,’उनले भने,’महंगा सामानहरू जलेका छन्।’अहिले आगो नियन्त्रणमा आइसेकेको इन्स्पेक्टर खड्काले बताए।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *