Sajhamanch Archive

उदयपुरका चार संक्रमितले जिते कोरोना

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

विराटनगर । कोरोना संक्रमण निको भएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट आइतबार थप चार जना डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केका एक पुरुष र तीन महिला डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा ५८ पुरुष, ३६, ४० र ६५ वर्षीय महिला रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

बुधबार डिस्चार्ज भएका पुरुष र एक महिला ९ वैशाखमा अस्पताल भर्ना भएका थिए । २ जना २७ वैशाखमा भर्ना भएका थिए ।

त्रसित मुद्रामा अस्पताल आएकाहरु बुधबार फूलगुच्छा बोकेर मुस्कुराउँदै बिदा भएका थिए । डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको बस्नेतले जानकारी दिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *