निर्माता संघले गर्यो सरकारको कदमको स्वागत
Published: (Updated: )
by .नेपाल चलचित्र निर्माता संघले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नयाँ नक्शा सार्वजनिक गरेको भन्दै सरकारको कदमको स्वागत गरेको छ ।
निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै स्वाधिनताको हाम्रो आफ्नो बेग्लै गौरवमय इतिहास रहेको बताएका छन् ।
अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हामी आफ्नो स्वाधिनता र सार्वभौमिकतालाई बचाई राख्नका लागि आइपर्ने जस्तोसुकै अप्ठ्यारो परिस्थितीमा नेपाल सरकारको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछौ । एकता नै शक्ति हो ।’
संघले सरकारको कदममा ऐक्यवद्धता जनाउने प्रमुख प्रतिपक्ष दलसहित अन्य दलहरुलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।
अनलाइनखबर
Comments