Sajhamanch Archive

‘संविधान संशोधन प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दोष लगाउने ?’

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । संविधान संशोधनको प्रस्ताव आजको संसदको कार्यसूचीबाट हटेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले कांग्रेसलाई दोष लगाएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने तर फिर्ता गर्दा दोष लगाउने भन्दै प्रश्‍न गरेका हुन्।

नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कांग्रेसकै अनुरोधमा संविधान संशोधनको प्रस्ताव संसदको कार्यसूचीबाट हटाइएको बताएपछि प्रवक्ता शर्माको यस्तो प्रतिक्रिया आएको हो।

शर्माले ट्वीटरमा लेखेका छन्, ‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउनेरु को गर्दैछ यो षड्यन्त्ररु’ प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै उनले कांग्रेसले संविधान संशोधनको प्रक्रिया सुरु गर्न भनिसकेको पनि दाबी गरे।

उनले अगाडि लेखेका छन्, ‘प्रक्रिया सुचारु गर्नोस्, केन्द्रीय समितिको बैठक बसेर बसेर संस्थागत निर्णयकासाथ नयाँ नक्सा र संशोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दि’सकेका छौँ। यसमा हामी चट्टानी रुपले दृढ छौं र रहन्छौं।’

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *