Sajhamanch Archive

भद्रपुर नगर सरकारलाई रोटरी क्लवको स्वास्थ्य सामग्री सहयोग

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by .

भद्रपुर । रोटरी क्लव अफ भद्रपुरले भद्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भद्रपुर नगर अन्तर्गत रहेका स्वास्थ्य चौकीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई प्रदान गरिएको हो ।

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पिपिई सेट, मास्क, ग्लोव्स आदि अत्यावश्यक सामग्री प्रदान गरिएको छ । रोटरी क्लव अफ भद्रपुरका पे्रसिडेन्ट टिकाराज ढकाल, प्रेसिडेन्ट इलेक्ट आदित्य पराजुली, पाष्ट प्रेसिडेन्ट दिपेश ढकाल, चार्टर प्रेसिडेन्ट किशोर पराजुली, सचिव विनोद चापागाईलगायत रोटरियनहरुले ती स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

भद्रपुर नगरक्षेत्र भित्रका स्वास्थ्य चौकीमा ३५ जना स्वास्थ्यकर्मीहरू कार्यरत रहेको तर यस्ता सामग्रीहरू ठूला अस्पतालहरूले मात्र प्राप्त गर्ने गरेका थिए । आधारभूत स्वास्थ्यको काम गर्ने स्वास्थ्यचौकीतर्फ कसैको ध्यान नजाँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गर्नु परिरहेको स्वास्थ्य शाखाका मनोज भ्ट्टराईले बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *