Sajhamanch Archive

अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता २०२२ मा सर्ने !

Published: in खेलकुद, विश्व समाचार by .

झापा । अष्ट्रेलियामा हुने तय भएको टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२२ मा सर्ने सम्भावना बढेको छ ।

अक्टोबर ११ देखि नोभेम्बर ५ तारिखमा हुने भनिएको प्रतियोगिता सर्ने सम्भावना रहेको आईसीसीका एक पदाधिकारीले बताएका छन् । विश्वकप हुने नहुने लगायतका अरु एजेन्डाका लागि आईसीसीको बोर्ड बैठक बिहीबार बस्दैछ जसमा टी–२० विश्वकपको बारेमा निर्णय हुनेछ ।

आईसीसी शीर्ष पदाधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सीसँगको कुराकानीमा यो वर्ष हुने भनिएको टी–२० विश्वकप सर्ने प्रबल सम्भावना रहेको बताएका छन् ।

पछिल्लो पटक टी–२० विश्वकप स्थगित भएमा त्यो समयमा आईपीएल गर्ने योजनामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई रहेको छ । तर यसबारेमा पनि बिहीबार नै निर्णय हुनेछ । बोर्ड बैठक भिडियो कन्फ्रेन्सबाट हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *