Sajhamanch Archive

नेपालका पापी गुरुहरू : जसले आफ्नै शिष्यलाई हवसको शिकार बनाए

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । हरेक धार्मिक मान्यताअनुसार गुरुलाई भगवानको दर्जामा राखिन्छ । तर विविध चरित्रले बनेको समाजमा ‘राक्षसी’ सोच भएका पनि गुरुहरू हुन्छन् जसलाई गुरुपूर्णिमामा नमन होइन, मृत्यु मागीरहेका पीडित भेटिन्छन् ।

बलात्कारको पीडा सहेर हिँडेका कतिपय छात्राहरूको मस्तिष्कमा अहिले यस्तै चलिरहेको हुनुपर्छ । बलात्कारको पीडामा अन्य रोगले थलिएर कोमामा रहनुुभन्दा कठिन मानिन्छ । सामाजिक सभ्यतासँगै आफुलाई ‘भगवान सरह’ राख्नुपर्ने ठाउँमा दानव भन्दा तल्लो स्तरमा राख्ने नेपाली समाजमा निक्कै शिक्षकहरू छन् । जसबाट नैतिक शिक्षाको पाठ होइन, नैतिकता गुमाएका शिक्षक हुन्छन् भन्ने संशय पैदा भएको छ ।
यस्ता पापी गुरुहरूले छात्रालाई हवसको शिकार बनाएका केही प्रतिनिधि घटना यस्ता छन् :

केही बर्ष अघि विराटनगर महानगरपालिका–५ गोग्राहा उच्च माध्यमिक विद्यालयमा एक बालिकालाई त्यहाँका शिक्षकले बलात्कार गरे । १५ असार, २०७१ मा आफ्नो कोठामा बोलाएर शिक्षक दीपेन्द्र विश्वासले बलात्कार गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । थलहा १ घर भएका शिक्षक विश्वास ‘तिमीसँग काम छ’ भन्दै बालिकालाई आफ्नो कोठामा आउन भनेका थिए । शिक्षकले भनेअनुसार उनको कोठामा पुगेपछि बालिकालाई विश्वासले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रहरीले उनलाई मुद्दा चलायो ।

देशैभरीका विभिन्न ठाउँमा यस्ता पापकर्मका जुटेका शिक्षकहरू प्रहरीको फेला परेका छन् । कतिपयले भने आफ्नै विद्यार्थीसँग अफेयर चलाउने गरेको पनि सतहमा आउने गरेका छन् ।

फिल्म हवल्दार सुन्तलीमा ‘घन्टी बज्यो’ भनेर स्कुलको झल्को दिनेगरी गीत लेखेका शिक्षक दिनेश सुवेदीलाई मकवानपुरको दामन पालुङ स्थिीत सेती गणेश माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्यनरत ९ बर्षिया बालिका बलात्कार गरेको आरोप बालिकासहित उनका परिवारले लगाए ।

सुवेदीले चलचित्र ‘एउटा साथी’, ‘हिम्मतवली’ ‘जंजिर’,लगायतका चलचित्रमा गीत लेखेका छन् । घटना सार्वजनिक भएपछि गाउँलेले शिक्षक सुवेदीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनसम्म भएको थियो ।

शिक्षक पेसालाई मर्यादित र ज्ञानको ज्योति दिनेमात्र होइन, समाजकै आँखाका रुपमा पनि बुझिने गरेको छ । तर यस्ता क्षेत्रमा मनभरी हवस पालेका ऐंजेरुहरू कम छैनन् । ‘प्राय बलात्कारका मुद्दामा यस्ता घटना धेरै नै आउने गरेका छन् ।

शिक्षकका विषयमा मात्र वेग्लै फाइल तयार पार्दा पनि ठूलो चाङ लाग्न सक्छ’, प्रहरी अधिकारीहरू भन्छन्,‘शिक्षा दिने नाममा घरमा बोलाएर, ट्युशन पढाउने बाहनामा, विद्यालयमा अतिरिक्त कक्षा लिने बहानामा बलात्कार भएका उजुरी धेरै आउँछन् ।’

त्यसो त यहि बर्ष जनकपुर उपमहानगरपालिका ९ रामानन्द चोकमा लक्ष्मेश्वर तिवारीको घरमा बुवाआमासँग भाडामा बस्दै आएकी १० वर्षिय बालिकालाई लक्ष्मेश्वरकै छोरा २० वर्षिय दिपेन्द्र तिवारीले बलात्कार गरेको पिडित परिवारले उजुरी दियो । दिपेन्द्रसँग ट्युशन पढ्न गएकी बालिकालाई उनले कोठा भित्र थुनेर जवरजस्ती करणी गरेका थिए ।

दिपेन्द्रका बुवा आमा घरमा नरहेको बेला उनले बालिकालाई आफ्नो कोठामै थुनेर जबरजस्ती गरेका थिए । अबेरसम्म छोरी पढेर नआउँदा शंका लागेर पिडितका अभिभावकहरूले खोजी गर्दा बालीकालाई दिपेन्द्रको कोठामा अचेत अवस्थामा भेटेका थिए ।

पीडित बालिका अभिभावकहरूको उजुरीका आधारमा आरोपित दिपेन्द्रलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको थियो । अचेत अवस्थामा रहेकी पिडित बालिकाको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनी छिनछिनमा डराउने र रुने गरिहरेकी थिइन् ।

केही समय अघि स्याङ्जाको चापाकोट नगरपालिका–७ मा रहेको गंगालाल माध्यमिक विद्यालयका शिक्षक रामभक्त आचार्य बालिका बलात्कारको अभियोगमा पक्राउ परे । सोही विद्यालयको ७ कक्षामा अध्ययनरत १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको दाबी गर्दे उनका परिवारले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपित शिक्षक रामभक्त आचार्य अहिले सम्पर्क बाहिर गए । उनलाई एक पटक होइन दुई पटक बलात्कार गरेको आरोप छ । दुई गएको २ चैत र ३० वैशाखमा बलात्कार गरेको उल्लेख थियो ।

चैत २ गते परीक्षाको समयमा विद्यालय नजिकै शितलटार जंगलमा लगेर ललाईफकाई जबरजस्ती करणी गरेको पीडित पक्षको भनाइ छ । वैशाख ३० गते पुनः बलात्कार गरेपछि घटना बाहिर आएको हो ।

पीडित परिवार न्यायका लागि प्रहरी चौकी चापाकोट हुदै मुद्धा दर्ताका लागि वडा प्रहरी कार्यालय वालिङ् पुगेको थियो ।
शिक्षकले बलात्कार गरेका मुद्दा सर्वोच्च अदालतसम्म पुगेर बहसमा छन् । जिल्ला र उच्च अदालतमा पनि बलात्कारका मुद्दा न्युनिकरण हुनुको साटो बढेको कानुन व्यावसायीहरू बताउँछन् ।

फरक–फरक प्रकृतिका घटनाहरू पर्याप्त खुल्दै आउने क्रम कम छैन । दैलेखको भैरीकालिकाथुम गाविसको देउवा निमाविका शिक्षक टोपबहादुर थापाले कक्षा ८ की १३ बर्षिया दलित परिवारकी वालिकालाई बलात्कार गरेको र ३ पटकसम्म गर्भपतन गराएकै खुल्यो ।

तेश्रोपटक गर्भपतन गराउने क्रममा वालिकाको अत्यधिक रक्तश्राव भएपछि थापाले बलात्कार गर्ने गरेको खुलेको थियो । थापाले बिहे गर्ने प्रलोभनमा गर्भपतन गराएको र त्यसपछि बिहे गर्न माग गर्दा दलित भन्दै कुटपिट गरेको पिडित परिवारले दाबी गरेको थियो ।

यी त केही फरक–फरक प्रकृतिका प्रतिनिधि घटनामात्र हुन् । कतिपय शिक्षकले यातनासहित बलात्कार गरेका, बलात्कारपछि हत्या गरेका घटना पनि नेपाल प्रहरी र अदालतसम्म पुगेका छन् । यस्ता गुरु जो हवसमा पागल भएर शिष्य बलात्कार गर्छन् त्यस्तालाई धर्मग्रन्थमा पापी भनी उल्लेख छ ।

दैनिक नेपाल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *