Sajhamanch Archive

बजेट भाषण आज, प्याकेज र स्रोत सन्तुलनको दबाबमा सरकार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं  । सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ ।

कोरोनाका कारण संकटमा परेको अर्थतन्त्रले गर्दा मुलुकले आम्दानी गुमाइरहेको अवस्थामा स्रोत व्यवस्थापनको चर्को दबावका सरकार छ ।

आज ( बिहीवार ) दिउँसो ४ बजे संसदमा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै छन् ।

विश्व अर्थतन्त्र नै मन्दीमा फसेको अवस्थामा नेपालका अर्थतन्त्र उकास्न ठूलै प्याकेजको आवश्यक भइरहेको अवस्थामा निजीक्षेत्रको ठूलो अपेक्षा र आशाका बीच बजेट आउँदैछ ।

यस वर्षको बजेट कोरोना महामारीले अर्थतन्त्रमा पारेको असर न्यूनीकरण, स्वास्थ्य पूर्वाधार, तथा रोजगारी सृजनामा केन्द्रित हुने अर्थ मन्त्रालयका अधिकारीले बताएका छन् ।

कोरोना महामारीलाई ध्यानमा राख्दै सरकारले स्वास्थ्य पूर्वाधारलाई भने राम्रै बजेट विनियोजन गरेको बताइन्छ । सरकारको आयका प्रमुख स्रोत मूलतः राजस्व, वैदेशिक सहायता, आन्तरिक ऋण हो । यी सबै स्रोतमाथि निकै दबाब परेको छ ।

चालू वर्षमा ११ खर्ब १२ अर्बको राजस्व उठाउने लक्ष्य लिए पनि आधा मात्रै उठ्नुले सरकारमाथि आन्तरिक स्रोतमा चरम दबाब बढेको पुष्टि गर्छ ।

जारी बन्दाबन्दीले राज्यको राजस्व असुली नराम्ररी प्रभावित बनेपछि नयाँ बजेटले राज्यको अनावश्यक खर्च कटौती गरिने अर्थ स्रोत बताउँछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *