पर्साका चार जना कोरोना संक्रमणमुक्त भएर फर्किए घर
Published: (Updated: )
by .पर्सा । कोरोनाभाइरस संक्रमणको उपचारपछि चार जना निको भएर घर फर्किएका छन्।
निको हुनेमा नारायणी अस्पतालमा उपचाररत् पर्साका व्यक्ति रहेका छन्।
उनीहरू २७ देखि ३२ वर्षीय उमेर समूहका छन् । ११ देखि १४ दिनको अवधिमा २ जना महिला र २ जना पुरूष कोरोनालाई जितेर घर फर्किएका हुन्।
हालसम्म निको हुनेको संख्या १८७ पुगेको छ। जसमध्ये १४४ जना पुरूष छन् भने ४३ महिला छन्।
सेतोपाटी
Comments