Sajhamanch Archive

करेन्ट लागेर वृद्धको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं.२ गोलडाँडामा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७० वर्षीय गणेशबहादुर आले रहेको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ । बिहीबार बिहान घर पछाडिको डोरीमा लुगा सुकाउने क्रममा नाङ्गो तारमा छुदा करेन्ट लागेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायव निरीक्षक रामकृष्ण अधिकारीले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका आलेको बन्दीपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक अधिकारीले बताए ।

नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *