Sajhamanch Archive

मनकामनाका शिक्षकलाई विद्यार्थीको सम्मान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । गुरु पूर्णिमाको दिन आज झापाको मनकामना सेकेण्डरी बोर्डिङ स्कूलका विद्यार्थीहरुले आफ्ना शिक्षकहरुलाई सम्मान गरेका छन् ।

प्रिन्सिपल केशव ढुंगानाको सभापतित्व तथा विद्यालयका संस्थापक कुमार थपलियाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यार्थी निरज पोख्रेलले स्वगत गरेका थिए ।

कार्यक्रममा संस्थापक सदस्य भेषराज चौलागाईं शिक्षक राजेन्द्र प्रसाईं, ध्रुब गौतमलगायत शिक्षकहरुले गुरुपूर्णिमा महिमा र महत्वको बारेमा प्रस्ट्याएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले शिक्षकलाई खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान व्यक्त गरेका हुन् ।

सो कार्यक्रममा विद्यार्थीहरुले आफूमा निहित विभिन्न कला प्रस्तुतिसमेत गरेका थिए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *