Sajhamanch Archive

पोषणविदलाई समावेश गर्न विद्यार्थी समाजको माग

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

सुनसरी । स्वस्थ्य सन्तुलित भोजन र उचित पोषणमार्फत रोगप्रतिरोधात्मक क्षमता बढाएर मात्रै कोरोनामाथी जित हासिल गर्न सकिने भन्दै कोरोनाको उपचारमा पोषणबिदलाई समावेश गराउन नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाजले माग गरेको छ ।

संस्थाले आज (बिहीवार) प्रेस विज्ञप्ति जारी गर्दै कोरोना उपचारमा हालसम्म औषधि खोप तयार नभएको र रोगसङ्ग लड्न पौष्टिक तत्वको मुख्य भुमिका रहने बताएको छ । उच्च जोखिममा हुने भन्दै क्वारेन्टिन र आईसोलेसनका मानिसमा उचित पोषण नपुग्दा कोरोना लाग्ने खतरा झन बढेको र उपचाररत बिरामीलाई पनि रोगअनुरुपको डाइट प्लान गरेर चाडो निको पार्न सकिने भन्दै पोषणबिदलाई तत्काल परिचालन गर्नुपर्ने  विज्ञप्तिमा उल्लेख छ ।

२५.५ भन्दा बढी गरिबीको रेखामुनि रहेको जनसंख्या साथै अन्य वर्गका गर्भवती महिला, शिशु, स्तनपान गराईरहेकी आमा, बालबालिका, किशोरीहरुमा आवश्यक पोषण पुग्न नसकेका कारण आगामी दिनमा कुपोषणको समस्या झन बिकराल बन्ने कुरा संस्थाले जोड दिएको छ । स्वास्थ्य नियमावली, २०५५ मा पाचौं देखी दसौं तहसम्मका पोषणबिद तथा डाइटिसियन व्यवस्था भए पनि केन्द्रदेखी प्रदेशसम्म कहिकतै कार्यान्वयनमा नआएका कारण ३०० बढी दक्ष जनशक्ति बेरोजगार बस्नुपरेको हो । जसमा प्रत्येक ५० शैयाको अस्पतालमा १ जना डाइटिसियन अनिवार्य राख्नुपर्ने प्रावधान पनि रहेको देखिन्छ ।

कोरोना उपचारमा तत्काल टास्क फोर्स, कोरोना ट्रेसिङ टिम तथा उपचार गरिरहेको अस्पतालमा पोषणबिदको व्यवस्था गर्नुपर्ने र कोरोना साम्य भएपस्चात देखिने मुल कुपोषणको चुनौती नियन्त्रणका लागी उपयुक्त निति ल्याएर भएका व्यवस्था अबिलम्ब कार्यान्वयन गर्नुपर्ने कुरा संस्थाले माग गरेको छ ।

उक्त पोषण तथा आहार विषय नेपाल सरकारको निर्देशन तथा राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदनअनुरुप त्रिभुवन विश्वविद्धालयअन्तर्गत केन्द्रिय प्रविधि क्याम्पस धरानमा २०६७/६८ देखी निरन्तर अध्यापन हुदै आईरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *