Sajhamanch Archive

कार्यकारी निर्देशक प्रसाईलाई पितृशोक

Published: in समाज by .

बिर्तामोड । यहाँस्थित बी एण्ड सी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई पितृशोक परेको छ ।

उनका बुवा कृष्णप्रसाद प्रसाईको बिहीबार दिउँसो साढे २ बजे हृदयाघातका कारण निधन भएको हो । ८५ वर्षीय प्रसाईलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।

स्वर्गीय प्रसाईको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म बी एण्ड सी हस्पिटल परिसरमा राखिने अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले जानकारी दिएका छन् ।

१० बजे कनकाई माइमा उनको अन्तिम दाहसंसकार गर्ने कार्यक्रम छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *