काेराेना सङ्क्रमणकाे ‘अर्काे झट्का’काे लागि तयार रहाैँ : विश्व स्वास्थ्य सङ्गठन
Published: (Updated: )
by .एजेन्सी । कोरोना सङ्क्रमणको बढ्दो महामारीलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) का वरिष्ठ अधिकारी डाक्टर डेभिड नबारोले भने, ‘हामी कोरोना भाइरस सङ्क्रमणको अर्को झट्काको लागि तयार रहनुपर्छ । लकडाउन खुकुलो हुँदै जाँदा कोरोना सङ्क्रमण बढ्दै झन् तीव्र गतिमा बढ्दै जान सक्छ, जसको लागि हामी तयार रहनुपर्छ ।’
ल्याटिन अमेरिकी देश ब्राजिलमा एकैदिन २६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य सङ्गठनले सजग गराएको हो ।
जोन्स हप्किन्स विश्वविद्यालयको अनुसार विश्वभर झण्डै ६० लाख जाना कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने तीन लाख ५९ हजार जनाको ज्यान गएको छ ।
कहाँ के भइरहेको छ ?
ब्राजिललाई ल्याटिन अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको सबैभन्दा ठूलो केन्द्र भएको बताइएको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा २६ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण देखिएको छ ।
रुसमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को कारण दुई सय ३२ जनाको ज्यान गएको छ । रुसमा एकदिन मृत्यु हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । योबाहेक पछिल्लो २४ घण्टामा आठ हजार पाँच सय ७२ जनामा सङ्क्रमण देखिएको छ । रुसमा कोभिड–१९ को कारण अहिलेसम्म चार हजार तीन सय ७४ जनाको ज्यान गएको छ ।
अस्ट्रियाले आफ्ना नागरिकलाई एक सय जनासम्मले पार्टी गर्न पाउने र होटल खोल्न अनुमति दिएको छ । अस्ट्रियाले अहिलेसम्म सङ्क्रमण नियन्त्रण राख्न सफल भएको छ, अहिलेसम्म कोभिड–१९ को कारण ६ सय ४५ जनाको ज्यान गएको छ ।
लेबनान सरकारले यदि कोही व्यक्ति विना मास्क भेटिए सुरक्षा बलले कारबाही गर्न सक्ने बताएको छ । यदि कोही व्यक्ति विना मास्क कुनै सार्वजनिक बसमा यात्रा गरेको पाइएमा उसले १६ अमेरिकी डलर जरिबाना तिर्नुपर्ने हुन्छ ।
क्रोएशिया सरकारले १० युरोपेली देशको लागि आफ्नो सीमा खोल्ने निर्णय लिएको छ । पर्यटन क्षेत्रलाई बल दिनको लागि क्रोएशिया सरकारले यस्तो निर्णय लिएको बताइएको छ । अब अस्ट्रिया, जर्मनी, चेक रिपब्लिकसहित १० देशका नागरिक क्रोएशिया जान सक्छन् ।
अमेरिकामा अहिलेसम्म ४० मिलियन अर्थात् चार करोड बढीले बेरोजगारलाई मिल्ने फाइदाको लागि आवेदन दिइसकेका छन्, जसमध्ये २० लाख बढीले पछिल्लो दुई हप्तामा आवेदन दिएका हुन् ।
दक्षिण कोरियामा नयाँ सङ्क्रमण देखिएपछि सयभन्दा धेरै विद्यालय फेरि बन्द गर्ने निर्णय लिइएको छ । गएको २४ घण्टामा दक्षिण कोरियामा कोभिड–१९ को ५६ नयाँ मामिला देखिएको छ । धेरैजसो सङ्क्रमण राजधानी सोलमा पाइएको छ ।
झण्डै दुई महिनापछि दक्षिण कोरियामा एकैदिन यति धैरै सङ्क्रमण देखिएको हो । दक्षिण कोरियाको स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरस महामारीको यात्रामा यो एउटा नयाँ समस्या भएको बताएका छन् ।
उज्यालो
Comments