Sajhamanch Archive

एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.६ बाहखा बजारस्थित एनआईसी एसिया बैंकको एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं.६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ रहेका छन् । एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा शनिबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो ।

एनआईसी एसिया बैंकको एटीएम फुटाउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा पुगेर महानगरीय प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तामाङको साथबाट मेसिन फुटाउन प्रयोग गरेको ह्याम्बर १ थान, स्क्रु १ थान, एटीएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) प्रहरीले बरामद गरेको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *