Sajhamanch Archive

क्वारेन्टिनमा बसेका एक जनाले गरे आत्माहत्या

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

 गुल्मी । गुल्मीमा क्वारेन्टिनमा बसेका एक जनाले आत्महत्या गरेका छन् ।

 छत्रकोट गाउँपालिका वडा नम्बर वडा नंं.४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका परियार नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर आत्माहत्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए ।

खाना नआएपछि खोज्ने क्रममा रुखमा झुण्डीएको अवस्थामा फेला परेको न्यौपानेले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *