Sajhamanch Archive

इलाममा ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो, दुई जना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

इलाम – इलाम जिल्लाको इलाम नगरपालिका वडा नं.१ साखेजुङमा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् ।

साँखेजुङमा रहेको सीटीईभीटीई कलेज नजिकै स्थानीयस्तरमा निर्माणका सामाग्री ढुवानी गर्न प्रयोग गरिँदै आएको मे १ त ४१०३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

शनिबार दिउँसो भएको दुर्घटनामा इलाम नगरपालिका वडा नं.१ साँखेजुङ निवासी योगेश मगरको इलाम अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको साँखेजुङ–१ का वडाअध्यक्ष अम्बिका गौतमले पुष्टि गरे ।

दुर्घटनामा इलाम– १ साँखेजुङका आकाश राई र ठेगाना नखुलेका निमा शेर्पा घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको र इलाम अस्पतालमा उपचार भइरहेको वडाअध्यक्ष गौतमले जानकारी दिए ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *