Sajhamanch Archive

आइतबारको मौसम पूर्वानुमान

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसका साथै, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको भने स्थानीय वायुको पनि प्रभाव रहेको छ।

यसैगरी, महाशाखाले हाल देशभरी नै सामान्य बदली भइरहेको र केही स्थानमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ ।

यस्तै, आइतबार दिउँसो देशका धेरै स्थानहरुमा सामान्य बदली हुने पूर्वानुमानमा उल्लेख छ । देशका केही स्थानहरुमा भने मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा आइतबार राति पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदलीको सम्भावना रहेको छ । भने अन्य क्षेत्रहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

यस्तै, पूर्वी भूभागका केहि स्थानहरुमा लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा भने मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *