Sajhamanch Archive

जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्रले गर्‍यो हवाई फायर

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

सर्लाही । भारतीय नागरिक जबरजस्ती रूपमा नेपाली सीमाभित्र प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ।

सर्लाहीको विष्णु गाउँपालिकामा पर्ने नेपाल-भारत सीमा सुरूमा एक व्यक्ति नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले उनलाई भारततर्फ नै फर्काइदिएको थियो।

नेपाल छिर्न नपाएपछि फर्किएका उनले आफ्नो साथ करिब ४०-५० जना मानिसहरू ल्याएर जबरजस्ती गर्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जानकारी सशस्त्र प्रहरीका डिआईजी तथा प्रवक्ता प्रविण कुमार श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार घटना बिहान साढे ६ बजेतीर भएको बताए।स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाईपायर गरेको थियो।

कोरोना भाइरसको लकडाउन सुरू भएयता नेपाल-भारत सीमाक्षेत्रमा यस किसिमका तनावहरू बढ्न थालेका छन् । यसमा विशेषगरी सीमावर्ती क्षेत्रका भारतीय नागरिकहरूले बलजफ्ती गर्ने गरेको पाइएको छ। हाल त्यहाँको स्थिति सामान्य रहेको छ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *