Sajhamanch Archive

झापामा थप चार जनामा कोरोना, प्रदेश १ मा संक्रमितको संख्या १६५ पुग्यो

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार झापामा चार र मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकाका चार जना र विराटनगरमा महानगरपालिकाका एक  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित सबै भारतबाट आएकाहरु हुन । गौरीगञ्ज वडा नं. ६ मा प्राथमिक स्वास्थ्य चौकीमा बसिरहेका ५१ मध्ये ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितको अवस्था सामान्य रहेको छ । योसँगै प्रदेश १ का नौं जिल्लामा कोरोना संक्रमितको संख्या १६५ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *