Sajhamanch Archive

कोरोनाबाट बाँच्न नेपाल आएकाहरु घरको आँगन टेक्न पाएनन्

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

नेपालगञ्ज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डमा गएराति भएको हाएस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाएस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । एक जनाको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको हो ।

भारतका विभिन्न शहरबाट नेपाल आएका मानिसहरुलाई नेपालगञ्ज नाकाबाट उद्धार गरेर सल्यान पठाईँदै गर्दा दुर्घटना भएको हो । ना ५ ख ५९९५ नम्बरको हाएस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए ।

राति सवा १२ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार ११ पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएर  शव गृहमा शव राखिएको छ । बाँके प्रहरीले मृतकको सनाखत गर्दैछ ।

दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते २० जना पुरुष र एक महिलाको भेरी अस्पतालमै उपचार भइरहेको छ । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *