यी हुन कल बाइपास गर्ने ‘महाठग’, बावुछोरा नै पक्राउ
Published: (Updated: )
by .काठमाडौं । प्रहरीले कल बाइपास गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ८ झुलेनीपुरस्थित भानुभक्त न्यौपानेका छोरालाई प्रहरीले कल बाइपास गर्ने सामानसहित पक्राउ गरेको हो ।
आफ्नै घरमा २८ रामप्रसाद न्यौपानेलाई पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । न्यौपानेका बावुछोरालाई दुरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान गर्ने तयारी भैरहेको छ ।
अवैध कल बाइपास गर्ने बिरुद्ध ब्यूरो स्थापनकालदेखि हालसम्म १०६ स्थानहरूमा भएको कारवाहीमा नेपाली १३० र विदेशी ३४ गरी १६४ जनालाई पक्राउ गरिएको छ ।
हालसम्मका कल बाइपास गर्ने र पक्राउ परेकाहरूबिरुद्ध रु ११ अर्ब ९१ करोड ११ लाख ६ हजार १ सय ६३ रुपियाँ ६५ रुपियाँ बिगो मागदाबी सहित अदालतमा मुद्दा दायर गरिएको छ ।
बरामद सामानहरु :
- ६४ पोर्टको VOIP gateway (Sim Box) थान-१
- TP link Router थान-१
- Lenovo कालो रंगको laptop थान-१
- Nokia Mobile थान-१
- Samsung Duos Mobile थान-१
- NTC को SIM Card थान -१७
- Ncell को Sim Card थान -१७
- Smart Cell को Sim card थान-१९
- Micro HSPA Modern थान-१
- HSDPA लेखिएको Modern थान-१
- Multiplug थान-१
- VOIP Gate मा प्रयोग गरिएको Antina थान-१६
- NTC को प्रयोग नभएको Recharge Card ५० दरका थान-१०
- NCELL को प्रयोग नभएको Recharge Card ५० दरका थान-७
- NTC को प्रयोग भएको Recharge Card १०० दरका थान-१५
- NTC को प्रयोग भएको Recharge Card ५० दरका थान-५
हाल सम्म खुल्न आएका कुराहरु
- मुख्य अभियुक्त पाकिस्तानी नागरिक सोयब खान र मुनिर वकास रहेको ।
- निज राम प्रसाद न्यौपाने र मुनिर वकास Facebook को माध्यमबाट चिनजान भएको र मुनिर वकसको माध्यमबाट सोयब खानसँग पनि चिनजान भएको ।
- ३ महिना अगाडी VOIP संचालन गर्नको लागि सोयब खानले हङकङबाट DHL मार्फत VOIP संचालन गर्ने उपकरणहरु एमप्लिफायरको वाकसमा हाली निज राम प्रसादले पाउने गरी नेपाल पठाएको ।
- सोयब खान पाकिस्तानको कराँचीमा बस्ने गरेको र उतैबाट System को जानकारी गराउने गरेको ।
- मुनिर वकास भन्ने व्यक्ति हाल टर्कीमा बस्ने गरेको ।
Comments