Sajhamanch Archive

क्वारेन्टिनमा मृत्यु भएका बालकको रिपोर्ट नेगेटिभ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

डडेल्धुरा । डडेल्धुराको क्वारेन्टिनमा मृत्यु भएका बालकको कोरोना परीक्षण नेगेटिभ आएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। मृतक ती बालकको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

आमाबुवासँगै भारतको मुम्बइबाट फर्किएर सदरमुकाम नजिकैको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएका नवदुर्गा गाउँपालिका वडा नं.३ का साढे ६ वर्षीय बालकको शनिबार राति मृत्यु भएको थियो। बालकको अस्पताल पुर्‍याउनुभन्दा अघि नै मृत्यु भएको थियो। ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो।

बालकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आइतबार नै शव परिवारलाई बुझाइएको निमित्त मेसु विष्ट जानकारी दिए। ती बालक मलेरिया रोगबाट ग्रसित रहेका थिए। यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *