Sajhamanch Archive

पेस्तोलसहित एक जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

जनकपुरधाम । हतियार लिएर खुल्ला रुपमा हिँडदै गरेका एक युवक जनकपुरधामबाट पक्राउ परेका छन्।

महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं. ८ बस्ने २० वर्षीय डिके भनिने एजिजुल राइनलाई जकनपुरधाम १७ स्थित तेतरियाबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको साथबाट पेस्तोल एक थान, म्याग्जिन ३ थान र गोली ५ राउण्ड बरामद गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

सादा पोसाकमा प्रदेश प्रहरी कार्यालयबाटै खटिएको टोलीले पैदल हिँडिरहेका राइनको गतिविधि शंकास्पद देखिएपछि चेकजाँच गर्दा हतियार बरामद भएको प्रदेशका प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *