Sajhamanch Archive

चट्याङ लागेर एक जनाको मृत्यु, ८ जना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

मोरङ। मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोरङ रतुवामाई नगरपालिका वडा नं.६ शान्तिपुरका २२ वर्षीय नेत्र श्रेष्ठ रहेका छन् ।प्रहरीका अनुसार सोमबार करिब १२ बजेको समयमा सोही नगरपालिका–५ धाद्रास्थित खेतमा बाख्रा सार्ने क्रममा अचानक चट्याङ पर्दा उनी घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार नै परेको चट्याङले मोरङको धनपालथान गाउँपालिकाका आठ जना घाइते भएका छन् ।आ–आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ पर्दा वडा नम्बर २ का ३८ वर्षीया प्रमिला देवी मण्डल, उनकी १४ वर्षीया छोरी मनिसा देवी र २५ वर्षीय छोरो जितेन मण्डल घाइते भएका छन् ।

यसैगरी घाइते हुनेहरुमा सोही वडाका १९ वर्षीया गिता कुमारी मण्डल, १६ वर्षीया सपना कुमारी मण्डल, १२ वर्षीय अभिशेक मण्डल, वडा नम्बर ७ का ३८ वर्षीय शिव शंखर मण्डल र सोही ठाउँ बस्ने ४० वर्षीय चन्दन बहरदार छन् ।

घाइते सबैको उद्धार गरी उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *