एन्फा अध्यक्षलाई कारवाही माग गर्दै चार जिल्ला अध्यक्षले दिए निवेदन
Published: (Updated: )
by .काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारवाहीको माग गर्दै चार जिल्ला फुटबल संघका अध्यक्षले प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई निवेदन दिएका छन् ।
एन्फा अध्यक्ष शेर्पाले एक अनलाइन सञ्चारमाध्यमलाई दिएको भिडियो अन्तर्वार्तामा नेपालको कानुन,अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरीत अभिव्यक्ति दिएको भन्दै काठमाडौं, भक्तपुर, ललितपु र धादिङ जिल्ला फुटबल संघक अध्यक्षले कारबाहीको माग गरेका हुन् ।
चार जिल्ला फुटबल संघले एन्फा अध्यक्ष शेर्पालाई कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी दिएका छन् । उक्त निवेदन राष्ट्रिय खेलकुद परिषदलाई समेत बोधार्थ दिइएको छ ।
यी चार जिल्ला फुटबल संघले यसअघि पनि एन्फा नेतृत्वको निरन्तर विरोध गर्दै आएका छन् । ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापाले एन्फा दिवसमा भाइबर भिडियो च्याटमा फुटबल संघ र पदाधिकारीमाथि नकारात्मक टिप्पणी गरेको भन्दै एन्फाले अस्थायी निलम्बनको कारबाही गरेको छ ।
हेर्नुहोस् प्रधानमन्त्रीलाई लेखेको पत्र
अनलाइनखबर
Comments