Sajhamanch Archive

कोरोना नदेखिएका १८ जिल्ला

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

आज मात्र २३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित संक्रमितको संख्या १ हजार ८११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५९ जिल्लामा कोरोना देखिएको छ। बाँकी १८ जिल्लामा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।

ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुममा अहिलेसम्म संक्रमण पुष्टि भएको छैन। त्यस्तै ओखलढुंगामा पनि संक्रमितको संख्या देखिएको छैन।

रसुवा, गोरखा, मनाङ, मुस्ताङ, कास्की, डोल्पा, रुकुम पश्चिम, जाजरकोट, पर्वत, रोल्पा, प्युठान, मुगु र हुम्लामा कोरोना संक्रमित देखिएका छैनन्।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *