Sajhamanch Archive

२६ जिल्लाका ८२ जनामा डेंगी संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । देशका बिभिन्न २६ जिल्लामा डेंगी संक्रण फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सवै जिल्ला गरी ८२ जनामा डेंगी संक्रमण समेत भइसकेको महाशाखाका प्रमुख डा. विकास देवकोटाले जानकारी दिए।

विवरण अनुसार काठमाडौंमा ७ जना, म्याग्दीमा १२ जनामा, रुपन्देहीमा ३५ जना, मकवानपुर,तनहु,र गोरखामा एक/एक जनामा, बागलुङमा दुई जना, कपिलवस्तुमा ३ जना, कास्कीमा १० जना, डडेल्धुरा,कैलाली,धनकुटामा दुई/दुई जना रहेका छन्। यी बाहेक अन्य जिल्लामा समेत संक्रमण फैलिएको छ।

वर्षातमा डेंगी बाहेक लामखुट्टेको टोकाइले हुने मलेरिया,झाडापखाला तथा अन्य रोगहरुको संक्रमण हुने हुनाले लामखुट्टेको टोकाइबाट बच्ने र अन्य सावधनी समेत अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *