Sajhamanch Archive

चार घण्टामै भित्रिए एक हजार ३५३ जना

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट चार घण्टामा एक हजार ३५३ जनाको नेपाल भित्रिएका छन्।

नेपालबाट भारततर्फ जाने भारतीयको संख्या भने २२० रहेको छ। स्वदेश फर्किनेको तापक्रम नापेर व्यक्तिगत विवरण राखी गन्तव्यमा पु¥याउँदै आएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए।

दैनिक विहान ६ बजेदेखि १० बजेसम्म भारतबाट नेपाल प्रवेश दिइने गरिएको छ। लकडाउनका कारण भारतमा रोजगारी गुमेपछि फर्कनेहरुको सीमा नाकामा एक सातादेखि लर्को लागेको छ।

भारतबाट फर्कनेहरुका कारण स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन भरिभराउ भएका छन। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सोमबार एक हजार ३५३, आइतवार तीन हजार ५८, शनिवार तीन हजार ७५२, शुक्रबार दुई हजार ७७८, बिहीबार दुई हजार ४०५, बुधबार एक हजार ५८६, मंगलबार ६९० र सोमबार दुई हजार ६३७ जना भारतबाट फर्किएका छन्।

दिनहुँ सयौं नागरिक फर्किएपछि स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्ने ठाउ नभएपछि प्रत्येक वडाका विद्यालय, सार्वजनिक भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोगमा ल्याएका छन्। यसरी फर्किनेहरुलाई सीमा क्षेत्रबाट स्थानीय तहले टिपर र ट्रयाक्टरमा राखेर गन्तव्यसम्म लाने गरेका छन्।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *