Sajhamanch Archive

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई प्रदेश सरकारले एक लाख दिने

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको हो ।

यस्तै कोरोनाबाट मृतकको शब बोक्नका लागि दुई वटा शबवाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको प्रवक्ता बैजनाथ चौधरीले बताए ।

दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल र नेपालगन्जको खजुरास्थित शुशिल कोइराला क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्थायी अस्पताललाई शबवाहन खरिदका लागि १५ लाखका दरले रकम दिने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।

यस्तै कोरोना कोष निर्देशिकामा परिमार्जन गरी कोरोना विशेष अस्पतालमा खटिने प्रहरीलाई खाना खर्च र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीलाई पनि भत्ताको व्यवस्था गरिएको प्रवक्ता चौधरीले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *