Sajhamanch Archive

डोल्पाको ठुलीभेरीमा बगेर तीन बालिकाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

सुर्खेत । डोल्पाका ठुलीभेरी नदीमा बगेर मंगलबार तीन बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठुलीभेरी नगरपालिका वडा नं.९ मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, अन्दाजी १०/ ११ वर्षीया गंगा कठायत र १० वर्षीया विजया कठायत रहेको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा बताइन् ।

गाइबस्तु चराउन गएका उनीहरु ठुलीभेरी नगरपालिका वडा नं.९ मोतिपुरस्थित भेरी नदी तरेर पारिपट्टी जानेक्रममा बगेका थिए ।

यशोदा र विजयालाई बगेको ठाउँदेखि करिब दुई किलोमिटर टाढा बगाउँदै गरेको अवस्थामा उद्धार गरी जिल्ला अस्पताल दुनै पुर्‍याएको थियो । तर उनीहरुलाई अस्पतालले मृत घोषणा गर्‍यो ।

गंगा कठायतको शव भने बगेको ठाउँदेखि पाँच किलोमिट टाढा त्रिपुरासुन्दरी नगरपालिका वडा नं.१ स्थित त्रिपुराकोट बगरमा प्रहरीले फेला पारेको हो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *