Sajhamanch Archive

ताप्लेजुङका दुई सहायक वन अधिकृत घुससहित पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत कार्यालयबाट घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक/एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

उनीहरुले सेतक चिनी छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग पटक/पटक घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो। सोही सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक/एक लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएको आयोगको कार्यालय, ईटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए।

‘हाम्रो टोलीले घुससहित बेलुका दुई सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएर इटहरी ल्याउँदै छ,’ उनले भने, ‘नियन्त्रणमा लिएका दुवैजनालाई थप अनुशन्धानका लागि काठमाडौं पठाउँछौँ।’ सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको बताइएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *