Sajhamanch Archive

प्रदेश–१ मा शुक्रबारको दिन बढी आपराधिक घटना हुने

Published: (Updated: ) in प्रदेश तह by .

विराटनगर । प्रदेश नम्बर–१ मा शुक्रबारको दिन र असार महिनामा सबैभन्दा बढी आपराधिक क्रियाकलाप भएको पाइएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अरु महिनाभन्दा असार महिना र अरु बारको तुलनामा शुक्रबार बढी आपराधिक क्रियाकलाप हुने तथ्यांक सार्वजनिक गरिएको हो ।

त्यस्तै, मध्याह्न १२ बजेदेखि साँझ ७ बजेसम्मको समयमा अपराधका घटना बढी हुने गरेका जनाइएको छ ।

प्रहरी नायव महानिरीक्षक केदार रिजालकाअनुसार २०७४/०७५ मा सबैभन्दा बढी असार महिनमा ८७७ ओटा अपराधजन्य क्रियाकलाप र शुक्रबारमात्र वर्षभरिमा कुल ११ सय २८ ओटा त्यस्ता प्रकृतिका अपराध भएका छन् ।

यसैगरी, १ नम्बर प्रदेशमा आर्थिक वर्ष ०७४/०७५ मा सबैभन्दा बढी सुनसरी जिल्लामा र सबैभन्दा कम तेह्रथुम जिल्लामा अपराधका घटना घटेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *