Sajhamanch Archive

ग्यास लिक भएर घाइते भएकामध्ये दुई जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काभ्रे । काभ्रेपलाञ्चोकमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाईते  भएका मध्ये दुई जनाको मृत्यु भएको छ।

आगलागीमा परेर घाईते भएका पाँच मध्ये दुईको मंगलबार किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाकाअनुसार मृत्यु हुनेमा २६ वर्षी रुकेश शाह ठकुरी र १६ वर्षीय आयुष शाह ठकुरी रहेका छन्। उनीहरुको फोक्सोमा ग्यास पसेर धेरै असर परेकाले उपचार सम्भव नभएको अस्पतालले जानकारी दिएको छ।

गत १६ जेठमा जिल्लाको बनेपा नगरपालिका–७ स्थित तरकारी बजारमा खाना पकाउने ग्यास चुहिएर आगलागी भई घाइते भएका एकै परिवारका पाँच जनाको किर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। त्यस्तै घाईतेमध्ये दुई जनाको अवस्था माध्यम रहेको भएपनि एकको पेट, निधार, अनुहारलगायत शरीरका धेरै भागमा गम्भीर चोट लागेकाले अवस्था गम्भीर रहको अस्पातलले जनाएको छ।

यसैगरी अन्य घाइतेहरुको उपचार आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेको घाइतेका आफन्त सुमन श्रेष्ठले बताए। ‘उपचारमा दैनिक ३ लाख भन्दा धेरै खर्च भईरहेको छ,’ उनले भने, ‘उपचार खर्चको समस्याको पीडा त छ नै झन् परिवारका २ जना सदस्यको मृत्युले अर्को पीडा थपिएको छ।’

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *