Sajhamanch Archive

किशोरी बलात्कारको आरोपमा चार जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

जनकपुरधाम । सिराहामा १५ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

सिराहा प्रहरीका अनुसार गोलबजार नगरपालिका वडा नं.३ स्थित गागन खोलामा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नरहा गाउँपालिका वडा नं.४ बस्ने २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका २ बस्ने २० वर्षीय अम्बर यादव र २३ वर्षीय जगरनाथ यादव तथा सुखीपुर नगरपालिका ६ बस्ने १९ वर्षीय गोलु महतो छन् ।

पीडित किशोरीले दिएको बयानको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न चारै जनालाई पक्राउ गरिएको सिराहा प्रहरीका प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए । आरोपित चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको घिमिरेले बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *