Sajhamanch Archive

बाँझोपन : कारण अनेक

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by .

किन बाँझोपन हुन्छ ? यसमा एउटा मात्र जवाफले पुग्दैन । कारण अनेक हुनसक्छ । यद्यपि आफुमा बाँझोपन भए, नभएको संकेत भने उनीहरुले मासिक स्रावकै क्रममा थाहा पाउन सक्छन् ।

यसका लागि महिलाहरुले महिनावारीका क्रममा हुने मासिक चक्रबारे ध्यान दिन चक्रबारे ध्यान दिन जरुरी छ ।

महिनावारीको अन्तराललाई ध्यान दिने

कुनै महिलाको महिनावारी हुने समयको अन्तराल २५ देखि ३० दिन भन्दा धेरै छ भने त्यसले उक्त महिलामा ओभ्यूलेसन नियमित नभएको जनाउ दिन्छ ।

एक अध्ययनका अनुसार मासिक धर्म चक्र २५ दिन भन्दा कम रहने महिलामा २७ देखि २९ दिनसम्म उक्त चक्र रहनेको तुलनामा गर्भ बस्ने सम्भावना कम हुने गर्छ । त्यसबाहेक, तीस वर्षको उमेरका आसपासका महिलामा महिनावारी नियमित नभएमा त्यो प्रि–मेनोपोजको संकेत हुनसक्छ ।

गर्भनिरोधक चक्की

गर्भनिरोधक चक्कीको प्रयोगले बाझोपनाको समस्या निम्तने मानिसको आम धारणा छ । जबकी गर्भनिरोधक चक्कीको सेवनले गर्भधारणा गर्नमा कुनै समस्या हुँदैन । बरु यसको लगातारको प्रयोगले गर्भधारण गर्नमा सहयोग पुग्ने गर्छ ।

एक शोधले जनाए अनुसार चार वर्ष भन्दा कम समय गर्भनिरोधक चक्की सेवन गर्ने महिलामा दुई वर्ष भन्दा कम समय यो चक्की सेवन गर्ने महिलाको तुलनामा गर्भवती हुने सम्भावना धेरै रहेको थियो ।

उक्त शोधले जनाए अनुसार यस्ता चक्कीले ओभ्यूलेशन रोक्दछ भने केहीले अण्डालाई जिवित राख्नमा पनि मद्दत गर्दछ ।

वंशाणुगत

चाडै रजनोवृत्ति हुने आमाहरुमा उनीहरुबाट जन्मने सन्तानमा पनि छिटो रजनोवृत्ति हुने सम्भावना धेरै हुन्छ । त्यस्तै, परिवारमा कसैलाई बाझोपनाको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि बाझोपनाको समस्या हुने सम्भावना उच्च हुन्छ । त्यसबाहेक फाइब्राइड, एंडोमेट्रियोसिस जस्ता समस्या पनि वंशाणुगत कारणले हुने भएकोले यस्ता कुरामा ध्यान दिएर पनि महिलाहरुले आफूमा बाझोपनाको समस्या छ कि छैन थाहा पाउन सक्छन् ।

तौल

करिब १२ प्रतिशत बाझोपनामा तौल मुख्य कारण हुनेगर्छ । विशेषगरी, शरीरको तौल बढी भएमा शरीरको फ्याटले एस्ट्रोजेन नामक हर्मोनको उत्पादन गर्छ, जसले ओभ्यूलेशनलाई असर पु¥याउँछ ।

व्यायाम

एक अध्ययनले जनाए अनुसार सातामा चार घण्टा दौडने वा एरोविक्स गर्ने महिलाको तुलनामा एक्सरसाइज नगर्ने महिलामा गर्भधारण गर्ने सम्भावना ४७ प्रतिशतले कम हुने गर्छ । तर, त्यो भन्दैमा धेरै वर्कआउट गर्नैपर्छ भन्न खोजेको हैन । धेरै वर्कआउट गर्नाले शरीरमा उर्जाको कम हुनसक्छ र धेरै तनाव भएर प्रजनन क्षमतालाई प्रभावित पार्न सक्छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *