Sajhamanch Archive

क्वारेन्टिन स्थलमै कुटिए स्वास्थ्यकर्मी

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । रौतहटको राजपुर नगरपालिका वडा नं.९ स्थित एक क्वारेन्टिन स्थलमा स्वास्थ्यकर्मी कुटिएका छन् ।

राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टिनमा बसेका व्यक्तिहरुको आक्रमणबाट दुई जना स्वास्थ्यकर्मी घाइते भएका छन् । घाइते हुनेमा सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह रहेका छन् । आक्रमणबाट आलमको टाउको फुटेको छ । उनको स्थानीय स्वास्थयचौकीमा उपचार भइरहेको छ ।

पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपनि संक्रमतिसँगै केही दिन बसेकाले आरडीटी परीक्षण गराएरमात्रै घर पठाउने तयारी भइरहेको समयमा उनीहरुले त्यसको विरोध गर्दै स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको नगरपालिकाका प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी दिए ।

ठाकुरले भने, ‘क्वारेन्टाइनमा बसेका २०९ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरु पनि केही दिन संक्रमितसँगै बसेकाले आरडीटी परीक्षण गराएरमात्रै पठाउने तयारी अनुसार आरडीटी परीक्षण भइरहेको थियो । २० जनाको आरडीटी परीक्षण भइसकेको थियो । जसमा १० जनाको आरडीटी रिपोर्ट पोजेटिभ पनि देखियो । आरडीटी परीक्षण चलिरहेकै समयमा एक्कासी उनीहरुले परीक्षण नै नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि जाइलागे ।’क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले स्वास्थ्यकर्मीहरु चढेर आएको तीन वटा मोटरसाइकल समेत तोडफोड गरेको ठाकुरले बताए ।

क्वारेन्टिनमा बसेकाहरुको आरडीटी परीक्षणका लागि जिल्लाबाट तीन जना स्वास्थ्यकर्मीसहित ९ जनाको टोली खटिएको थियो ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *