Sajhamanch Archive

बस दुर्घटना हुँदा चालककाे मृत्यु, सहचालक घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

दैलेख । दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुधबार साँझ ५ बजे गुराँस गाउँपालिका वडा नं.४ को घोडाबासमा ना ५ ख १६८५ नम्बरको बस दुर्घटना भएको हो।

सो बस मोडबाट तीन सय मिटर तल खस्न गई कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं.५का चालक ४०/४५ वर्षीय कल्याणसिंह बोहराको घटनास्थलमै मृत्यु भएको छ।

‘भारतबाट फर्केका नेपालीहरूलाई दैलेखको तल्लो डुङ्गेश्वरमा झारेर कञ्चनपुर फर्केको बस हो,’जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता इन्स्पेक्टर नैनबहादुर साउदले भने। त्यस्तै, बसका सहचालक भीमदत्त नगरपालिकाकै ३५ वर्षीय जयराज अवस्थी घाइते भएका थिए। उनको उपचारका लागि सुर्खेत पठाइएको इन्स्पेक्टर साउदले बतए।

सो बसमा अरू कोही पनि सवार थिएनन्। जिल्ला प्रहरीका डिएसपी हरि ओली सहितको टोली घटनास्थलतर्फ गएको छ।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *