Sajhamanch Archive

१३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एक पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

भक्तपुर । भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गर्ने काभ्रे पनौती नगरपालिका-४ घर भई भक्तपुर नगरपालिका वडा नं.२ ब्यासी बस्ने ३१ वर्षका मोहन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

ती बालिका फुपू-फुपाजूसँग बस्दै आएकी थिइन्। फुपू फुपाजू गलैंचा कारखानामा काममा गएको मौकामा तामाङले आफ्नै कोठामा बसेकी बालिकाको मुख थुनी उम्किन नदिई जबरजस्ती करणी गर्न लागेका थिए। सोही बेला बालिकाको फुपाजू पुगेपछि तामाङ ‍फरार भएका थिए।

खबर पाउने बित्तिकै प्रहरीले खोजतलास गरी तत्कालै नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। उनीमाथि अनुसन्धान गर्न भक्तपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिसकेको छ।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *