Sajhamanch Archive

मन्त्रिपरिषद बैठक बस्दै

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने जनाइएको छ। जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो।

समितिको गृहकार्यसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा विज्ञहरुसँग परामर्श पनि गरेका छन्। विज्ञको सुझाबअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएको छ।

निरन्तरको लकडाउनले व्यवसाय चौपट भएको भन्दै काठमाडौंमा उल्लंघन गर्नेसम्मका चेतावनी आएपछि सरकारले मोडालिटीबारे गृहकार्य तीब्र बनाएको हो।

लकडाउन लम्ब्याउँदै लगे पनि संक्रमण कायमै रहेकाले सुरक्षा सतर्कता अपनाउँदै दैनिक व्यवसाय खुला गर्ने गरी लकडाउन मोडालिटी परिवर्तन हुने जनाइएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *