प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शिवसताक्षीका ८५ जनाले पाए रोजगारी
Published: (Updated: )
by .शिवसताक्षी । “श्रमको सम्मान राष्ट्रको अभियान” भन्ने मूल नाराका साथ शिवसताक्षी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम फेरी सुरु भएको छ ।
रोजगार कार्यक्रममा न्युन आय भएका तथा अन्य कतै तिर काम नपाएका नगरवासीलाई छनौट गरी काममा लगाइएको हो ।शिवसताक्षी नगरका ११ वटै वडाहरुको विकास निर्माणको कामा लगाईएको छ । कार्यक्रमबाट हाल जम्मा ८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
जसमा डुडामारी खोलामा माटोको बाँध निर्माण, पाँचगाछी पुरानो बजारपूर्व कमल खोलासम्म बाटो चौडा गर्ने काम भइरहेको छ । त्यस्तै गौरीगञ्ज गा.पा. सिमानासम्म बाटो चौडा गर्ने र त्रिभुवन माविको जग्गामा बृक्षरोपण गर्ने कार्य भइरहेको छ भने वडा नं. ५ मा नयाँ स्वाथ्य चौकी जाने बाटो निर्माण गर्ने कार्य, र पाथिभरा कृषि फार्म जाने बाटो चौडा गरी खोलाको भागमा बाँध निर्माण गर्ने काममा लगाईएको शिवसताक्षीका रोजगार संयोजक विदुर तिम्सिनाले बताए । उनले ११ वटै वडाहरुमा बाटो निर्माण, बृक्षारोपण, बाँध निर्माण जस्ता कार्यहरु गराइरहेको जानकारी दिए ।
प्रत्येक कामदारले दैनिक ५ सय ४५ रुपैया ज्याला पाउने छन् भने कामदारलाई कोरोना भाइरस संक्रमणको जोखिम भएकाले आवश्यकीय पञ्जा, माक्स, काम गर्ने औजार प्रदान गरिएको प्रधानमन्त्री रोजगार संयोजक तिम्सिनाले जानकारी दिए । उनका अनुसार कामको दौरानमा कुनै कामदारको मृत्यु भएमा ७ लाखको बीमा समेत श्रम मन्त्रालयले गरिदिएको बताएका छन् । उनले भने आयोजना हेरी एक जना कामदारले १५ देखि ४० दिनसम्मको काम पाउने बताइएको छ ।
Comments