Sajhamanch Archive

कोरोनाविरुद्ध लड्नमा यी नायिकाको साथ : नग्न फोटो लिलामी हुँदै

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by .

एजेन्सी । हलिउड नायिका जेनिफर एनिस्टनले कोरोनाभाइरसविरुद्धको जारी युद्धमा रकम जुटाउनका लागि आफ्नो नग्न तस्बिर लिलामी गर्ने घोषणा गरेकी छिन् ।

जेनिफर एनिस्टनको यो तस्बिर सन् १९९५ को हो, त्यसताका जेनिफर आफ्नो टिभी शो फ्रेन्ड्सका कारण अत्यधिक चर्चामा थिइन् । नायिकाले तस्बिरको लिलामीमार्फत् उनले जति रकम पाउँछिन् त्यो कोरोना भाइरससँग लड्नका लागि प्रदान गरिने जानकारी दिएकी छिन् ।

इन्स्टाग्राममा यसको जानकारी दिँदै नायिकाले लेखेकी छिन्, ‘मेरो एक विशेष साथी मार्कले २५ वटा तस्बिर लिलामी गर्ने निर्णय गरेका छन् । यी तस्बिरमध्ये मेरो पनि एउटा तस्बिर छ । मार्कले यो निर्णय कोरोना भाइरसविरुद्धको युद्ध लड्नका लागि गरेका हुन् । यो लिलामीबाट पाउने रकमको पूरा हिस्सा एउटा यस्तो संस्थालाई दिइनेछ जसले आर्थिक रुपमा कमजोर वर्गका लागि निःशुल्क कोरोनाभाइरस परीक्षण र उपचारको सुविधा दिइरहेको छ । तिमीलाई धन्यवाद मार्क, हालका लागि यो तस्बिरको मूल्य ६५ हजार डलर राखिएको छ ।’

View this post on Instagram

A post shared by Jennifer Aniston (@jenniferaniston) on

यसका साथै नायिकाले एउटा भिडियो र आफ्नो त्यो तस्बिर सेयर गरेकी छिन्, जसको लिलामी गरिनेछ । नायिकाको उक्त पोस्टपछि मानिसहरुले उनको यो कदमको निकै तारिफ गरिरहेका छन् । जेनिफर एनिस्टनले केही महिना अघि मात्रै इन्स्टाग्राममा डेब्यू गरेकी थिइन् ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *